मानव अधिकार आयोगले रौतहट घटनाको अनुसन्धान सुरु गर्‍यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

काठमाडौँ, २२ साउन । राष्ट्रिय मानव अधिकार आयोगले रौतहट घटनाको अनुसन्धान सुरु गरेको छ । सडकमा रहेको खाल्डोमा डुबेर हिजो चार बालिकाको मृत्यु भएको घटनाको आयोगले अनुसन्धान सुरु गरेको हो । आयोगले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 घटनाको अनुसन्धानका लागि क्षेत्रीय कार्यालय जनकपुरबाट एक अनुसन्धान टोली घटनास्थलतर्फ खटाइएको आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

सडक निर्माण कम्पनीले गम्भीर लापरबाही गरेका कारण सो घटना भएको आयोगले प्रारम्भीक प्रतिक्रिया दिएको छ । सरकारी निकायको उदासीनताका कारण व्यक्तिले जीवनको अधिकार नै गुमाउनुपर्ने अवस्था हुनु अत्यन्त दुःखद स्थिति भएको आयोगको ठहर छ ।

आयोगले भविष्यमा यस्ता लापरबाहीपूर्ण कार्य हुन नदिन सरकार जिम्मेवार हुन हुनुपर्नेमा जोड दिएको छ । यस्ता घटनाबाट भएको मानवीय क्षतिप्रति पूर्ण संवेदनशील हुँदै दोषीलाई कारबाहीको मागसमेत गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);