सामुदायिक स्कुलमा पनि सीसी टिभी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

खगेन्द्र घिमिरे , साउन २३ , काठमाण्डौँ । सामुदायिक विद्यालयमा छोरोछोरी पठाउन अभिभावकहरु हिचकिचाउँछन्, यसको प्रमूख कारण सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षण नहुनु र प्रविधिको समुचित प्रयोग नहुनु हो । तर, सामुदायिक विद्यालयमा पनि गर्न चाहे हुन्छ भन्ने उदाहरण बनेको छ झापा मेचीनगरको नमुना विद्यालय आदर्श मावि ।

आजको युग प्रविधि र सुचनाको युग हो । मानिसका लागि यि दुईकुराको बारेमा जानकारी हुनु आधारभुत जस्तो भईसकेको छ । सुचना र प्रविधिको विकास दिनानुदिन हुदै गईरहेको बेला प्रविधिको बारेमा विद्यालयस्तरबाटै शिक्षा प्रदान गरिनुपर्छ सबैले भन्छन्, तर यस्को प्रयोग भने ज्यादै न्यून भएको पाईन्छ । सिसिटिभिले निगरानि राख्ने विद्यालय त धेरै छन् तर सिसिटिभिको निगरानी सँगै साउण्डसिस्टमको प्रयोग गरी विद्यालयमा प्रविधिक रुपमा औपचारीक शिक्षा प्रदान गर्ने एउटा नौलो प्रविधिको शुरुवात झापा मेचीनगरको एक विद्यालयले गरेको छ । यसको प्रयोगबाट विद्यार्थीहरुको स्तरोन्तनी र विकासमा मद्यत गर्ने जानकारहरु बताउछँन । रु १ लाख ५० हजारको लगानीमा विद्यालयले सिसिटिभि क्यामेरा र प्रत्येक कक्षामा विद्यार्थीहरुले सन्न सक्ने गरी साउण्ड सिम्टमको व्यवस्थो गरेको छ । यसको प्रयोगबाट कोठामै बसेर एकजना शिक्षकले सबै कक्षाका विद्यार्थीहरुको अवस्थाको बारेमा बुझ्ने, अनुशासनको गतिविधि नियाल्ने, होमवर्कको लागि निर्देशन दिने तथा अन्य विविध गतिविधि सञ्चालन गर्न सक्दछन् । विद्यार्थीहरुले साउण्ड सिस्टमको माध्यमबाट शिक्षकको अनुपस्थितिमा ज्ञानवर्धक गीतसंगीत सुन्ने तथा रमाईलो समेत गर्नसक्ने विद्यालयका प्रधानाध्यापक हेम खड्का बताउनु हुन्छ ।

थोरै विद्यालयहरु जो विद्यार्थीको लागि गुणस्तरिय शिक्षा प्रदान गर्ने र देशका लागि दक्ष जनशक्ति उत्पादन गर्ने कार्यमा लागि पर्दछन् । त्यस्तै विद्यालयहरु मध्ये एक आदर्श मावि भएको र यस्ले प्रविधि र शिक्षाको क्षेत्रमा गरेको योगदान झापाका सबै विद्यालयको लागि कोशेढुङ्गो सबित भएको जिल्ला शिक्षा अधिकारी योगन्द्र प्रसाद बराल बताउनु हुन्छ ।

विद्यार्थिहरुले गर्ने व्यवहारको बारेमा शिक्षकले अफिसमै बसीबसी हेर्न सक्ने र उनीहरुलाई कुन तवरले पढाउने, सिकाउने आदी कुराको बारेमा पनि यो प्रविधि बरदान सावित हुनेमा शिक्षकहरु पनि विश्वस्थ छन् । विद्यार्थीहरुलाई अनुशासनको बाटोमा हिडाउन अचुक उपाया मानिएको यो प्रविधिले शिक्षकलाई समेत अनुशासनमा बाध्ने कुरामा कुनै दुईमत छैन् । विद्यार्थी र शिक्षक विचको दुरी हटाउने र नयाँ सम्बन्धको विकास गर्ने साथै देशका लागि दक्ष, शिक्षित र अनुशासीत जनशक्ति उत्पादनमा टेवा पु¥याउने बताउनु हुन्छ आदर्श माविका शिक्षक लम्बोदर पौडेल ।

गर्न चाहने हो भने असम्भव भन्ने कुरा केही छैन । आदर्श माविले जस्तै प्रयास यदि सबै विद्यालयले गर्ने हो भने आज सामुदायिक विद्यालयलाई लगाउने आक्षेप विस्तारै हटेर जानेमा कुनै दुईमत छैन । यस्तो कार्य गर्ने सामुदायिक विद्यालयलाई सरोकारवाला निकायले प्रोत्साहन गर्न जरुरी छ र हरेक विद्यालयलाई यस्तै कार्य गर्न निर्देशन दिन पनि । यदि अझै पनि विद्यालयमा गुणस्तरिय गतिविधि नगर्ने हो भने सामुदायिक विद्यालयको समस्या पुनाराबृत्ति नहोला भन्न सकिन्न ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);