राति ११ बजेर सात मिनेटमा सुरु हुने चन्द्र ग्रहण एक घण्टा ५७ मिनेट रहने | ईमाउण्टेन समाचार

Our Network

चैत ७ २०८०, बुधवार

साउन २३ , काठमाण्डौँ । श्रावण शुक्ल पूर्णिमाका दिन सोमबार राति ११ बजेर ७ मिनेटदेखि ग्रहणले स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुने र एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने बताउनुभयो । एक घण्टा ५७ मिनेट लाग्ने ग्रहण नेपालबाट पनि देखिनेछ । चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ । छायाँ आग्नेयकोणबाट प्रवेश गरी नैऋत्यकोणबाट बाहिर निस्कन्छ ।

शास्त्रीयरुपमा बालक, वृद्ध र रोगी बाहेकले दिउँसो २ बजेर सात मिनेटदेखि ग्रहण नसकिएसम्म भोजन नगर्दा राम्रो हुने समितिका अध्यक्ष गौतमले बताउनुभयो । आज ग्रहण लाग्ने भएकाले नागपञ्चमीकै दिन जनै पूर्णिमा मनाइएको थियो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);