आज साँझ ५ बजेर ५५ मिनेटमा चन्द्रग्रहण लाग्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आज साँझ ५ बजेर ५५ मिनेटमा चन्द्रग्रहण लाग्ने

chandra garan

काठमाडौं, १७ माघ । आज साँझ ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउनुअघि नै खग्रास चन्द्रग्रहण लाग्दैछ । साँझ ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउनुअघि नै ग्रहण सुरु हुने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलका अनुसार ५ बजेर ३२ मिनेटमा ग्रहण सुरु हुने भएपनि नेपालमा ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने भएकाले त्योबेलादेखि ग्रहणको स्पर्श भएको मानिनेछ ।

बेलुकी ८ बजेर ५७ मिनेटमा ग्रहण सकिने छ । ग्रहण सुरु हुनु पहिले नै सूतक बार्नुपर्ने भएकाले बिहान ८ बजेर ५५ मिनेटदेखि अन्न नखानु राम्रो हुने उनको भनाई छ ।

बालक, बृद्ध, गर्भवती, सुत्केरीबाहेक अरु सक्नेहरुले बिहान ८ बजेर ५५ मिनेटदेखि बेलुकी ८ बजेर ५७ मिनेटसम्म सकेसम्म अन्न नखाँदा राम्रो हुने डुंगेलले बताए । अन्नको सट्टा फलफूल, पानी लगायतका पदार्थ खान सकिने उनको भनाई छ ।

ग्रहण लागेको बेला त्यसको विकिरणले स्वास्थ्यमा असर गर्ने भएकाले नांगो आँखाले नहेर्न र सावधानी अपनाउन वैज्ञानिकहरुले आग्रह गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);