गोरखामा बिहेको जिप दुघर्टनामा परी ज्यान गुमाएका ५ जनाकै पहिचान खुल्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

गोरखामा बिहेको जिप दुघर्टनामा परी ज्यान गुमाएका ५ जनाकै पहिचान खुल्यो

काठमाडौं, ८ असार । गोरखामा बिहेको टिकोटालो गरेर फर्कदै गरेको जिप दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएका ५ जनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा शहीद लखन गाउँपालिका–५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापा र शहीद लखन गाउँपालिका वडा नम्बर ४ का ६४ वर्षीय धनबहादुर थापा रहेका छन् ।

सहिद लखन गाउँपालिका ५ स्थित पोखरी डाँडामा बिहेको टिकोटालो गरेर फर्किने क्रममा राति २ बजे केटा पक्षको गाडी दुर्घटनामा परेको गोरखा प्रहरीले जनाएको छ । बेहुलीको घर नजिकै गाडी दुर्घटना भएको हो । जिप घुम्तीसडकबाट २५० मिटर तल खसेको बताइएको छ ।

दुर्घटनामा परी घाइते भएका १२ जनाको उपचार भइरहेको छ । गम्भिर घाइते भएका लालु थापको चितवन मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने ११ जनाको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
गाडीमा करिब २० जना सवार थिए । गाडीमा सवार २ जना शकुशल छन् । राति २ बजे गाडी दुर्घटनामा परेको र खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);