आजअ‍ेखि पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ शुरु | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८१, बिहीबार

आजअ‍ेखि पोखरामा ‘ड्रागन बोट रेस फेस्टिभल’ शुरु

काठमाडौं, ८ असार । पोखरामा आज (शुक्रवार) बाट ‘ड्रागन बोट रेस फेस्टिभल’ शुरु भएको छ । पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको सहआयोजना यो उत्सव शुक्रवार र शनिवार फेवातालमा हुन लागेको हो ।

शीतनिन्द्रामा रहेको ड्रागनलाई ब्युँझाउन चीनमा २ हजार वर्ष अघिदेखि यो उत्सव मनाउन थालिएको मानिन्छ । ड्रागनजस्तै देखिनेगरी बनाइएको डुंगा अगाडि बसेर एक जनाले ड्रम बजाउँछन् भने ड्रमको तालमा १० जनाले डुंगा खियाउँछन् । पुछारमा बस्ने एक जनाले डुंगाको दिशा मिलाउँछन् । प्रतियोगितामा ४ नेपाली र ४ चिनियाँ टोलीले भाग लिँदैछन् ।

नेपाल ¥याफ्टिङ एजेन्सिज एशोसिएशन (नारा), फेवा डुंगा व्यवसायी संघ, बेगनास डुंगा व्यवसायी संघ र पोखरा महानगरको टोली नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुनेछन् । तालमा ५ सय मिटर र २ सय मिटरको दुई विधामा प्रतियोगिता हुनेछ । सहभागी आठवटै टोलीले वरीयताका आधारमा पुरस्कार पाउनेछन् । पहिलो हुने टोलीले ५ लाख ५० हजार÷५ लाख ५० हजार पाउनेछन् । पुरस्कारमा ३० लाख रुपैयाँ खर्च हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);