गोकर्ण रिसोर्टको लिज अवधि थप्ने निर्णय कानून अनुसार : रक्षामन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

गोकर्ण रिसोर्टको लिज अवधि थप्ने निर्णय कानून अनुसार : रक्षामन्त्री पोखरेल

rakhsya mantri-gokarna resort

काठमाडौं, १० पुस । सरकारले गोकर्ण रिसोर्टको लिज अवधि थप्ने निर्णय कानून अनुसार नै भएको स्पष्ट पारेको छ । बिहिवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले नेपाल ट्रस्टको चल अचल सम्पत्तिको प्रयोग कानूनले निर्देशन गरे अनुसार नै गरेको दाबी गर्नुभयो ।

नेपाल ट्रष्टको नाममा रहेको रिसोर्टको जग्गा लिज समय नसकिदै समय थपिएको भन्दै सांसदहरुले त्यसबारे सदनलाई जानकारी गराउन माग गरेपछि पोखरेलले कानुन अनुसार नै भएको दावी गर्नुभएको हो ।

ट्रष्टका अध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले सांसदहरुलाई सरकारले गरेका कामको गुण दोषको आधारमा दृष्टिकोण बनाउन पनि आग्रह गर्नुभयो । उहाँले कुनै पनि विषयमाथिको धारणा तय गर्न विस्तृत अध्ययन गर्नुपर्ने समेत उल्लेख गर्नुभयो ।

पोखरेलले कौडीको भाउमा लिज दिएको विषयलाई अस्वीकार गर्दे लिजमा लिने पक्षले लिज बाँकी रहेको साढे ५ बर्षको भाडा पनि प्रचलित बजारमुल्य अनुसार तिर्न तयार रहेको बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);