आफू प्रधानमन्त्री हुँदा नेपाल ट्रष्टको जग्गा भाडामा दिने निर्णय नभएको देउवाको स्पष्टोक्ति | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

आफू प्रधानमन्त्री हुँदा नेपाल ट्रष्टको जग्गा भाडामा दिने निर्णय नभएको देउवाको स्पष्टोक्ति

deuba11

काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेको बताउनु भएको छ ।

बुधवार बिज्ञप्ति जारी गर्दै देउवाले नेपाल ट्रष्टको सम्पत्ति व्यवस्थापनबारे मंगलबार सार्वजनिक गरिएको श्वेतपत्रमा आफूविरुद्ध भ्रम पैदा गरिएको उल्लेख गर्नुभएको छ । देउवाले नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेको तर आफ्नो नाम जोडेर भ्रामक प्रचार गरिएको बिज्ञप्तिमा जनाउनु भएको छ ।

बिज्ञप्तिमा देउवाले आफनो सहभागिता बेगर भएको कुनै पनि निर्णयमा आफ्नो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति गम्भीर आपत्ति रहेको उल्लेख गर्नुभएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा सार्वजनिक भएको ‘७० करोड’ को अडियो, नेपाल ट्रष्ट अन्तर्गतकै गोकर्ण फरेष्ट रिसोर्टको लिज प्रकरणमा गरिएको गम्भीर अनियमितता प्रकरणबाट ध्यान मोड्न आफूलाई ट्रष्टको व्यवस्थापनमा जोडेको देउवाले विज्ञप्तिमा जनाउनुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);