मातातीर्थको जग्गा कानूनी रुपमै मोहीलाई दिएको भट्टराइको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मातातीर्थको जग्गा कानूनी रुपमै मोहीलाई दिएको भट्टराइको दाबी

काठमाडौं, १४ फागुन । पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मातातीर्थको करिव १सय ७३ रोपनी जग्गा जानी बुझी मोही कायम गरेर वितरण गरेको बताउनुभएको छ ।

बुधबार प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षसमेत रहनु भएका भट्टराईले आफ्नो सरकारले गरेको निर्णयको बचाउ गर्नुभयो ।

उहाँले आफ्नो सरकारले २०६९ कात्र्तिक १४ गते गरेको उक्त निर्णय राजनीतिक, कानूनी र नैतिक रुपमा पनि सही भएको दाबी गर्नुभयो ।

नेपाल ट्रस्टले मंगलबार जारी गरेको श्वेतपत्रमा भट्टराई नेतृत्वको तत्कालीन सरकारको थानकोट, मातातीर्थ, संतुगल र बालाजुको जग्गा मोहीको नाममा गराउने निर्णय गलत भएको उल्लेख गरिएको थियो । पूर्व प्रधानमन्त्री भट्टराईले आफूलगायत प्रधानमन्त्री बनेका सबैको सम्पत्ति छानबिन गर्न माग समेत गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);