४ करोड हिनामिना गरेको आरोपमा कृषि विकास बैंकका तत्कालिन शाखा प्रबन्धकसहित ८ जनाविरुद्ध मुद्दा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

४ करोड हिनामिना गरेको आरोपमा कृषि विकास बैंकका तत्कालिन शाखा प्रबन्धकसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडाैं, २९ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास बैंक न्यूरोड शाखाबाट भण्डै ४ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा तत्कालिन प्रबन्धक प्रेमहरि ढुंगेलसहित ८ जना बिरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

तत्कालीन शाखाप्रमुख ढुंगेलसहित आठ जनाविरूद्ध आयोगले मंगलबार मुद्दा दायर गरेको हो। मुद्दा दायर हुने अन्यमा दीपिका रेग्मी, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज विष्ट र प्रकाश घतानी रहेका छन्।

आरोपीमध्ये ढुंगेल, रेग्मी र विष्टलाई जनही चार करोड ४२ लाख ७३ हजार ६सय ११ रूपैयाँ बिगो मागिएको छ । घतानीलाई दुई करोड ६७ लाख ७५ हजार ४सय ३५, गिरीलाई दुई करोड ६१ लाख १९ हजार ४सय १५ बिगो दावी माग गरिएको छ।

आपसी मिलेमतोमा बैंक, बैंकिङ मुख्य शाखा कार्यालय, न्युरोडबाट अनधिकृत रुपमा रकम निकालेर लिने र खाई मास्ने उद्देश्यले उनीहरूले भ्रष्टाचार गरेको अभियोग पुष्टि भएको आयोगले जनाएको छ ।

ढुंगेलले आफूले निरीक्षण, सुपरिवेक्षण गर्नुपर्ने कार्यलाई चासो नदिई दीपिका रेग्मीले गरेको अनियमिततालाई साथ दिएको अनुसन्धानमा खुलेको अख्तियारले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);