ट्रस्टले भाडा लगाएकोमध्ये ९० % जग्गा यतिलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ट्रस्टले भाडा लगाएकोमध्ये ९० % जग्गा यतिलाई

nepal trust-yeti

काठमाडौं, २५ माघ । नेपाल ट्रस्टले भाडामा लगाएको सम्पत्तिमध्ये झन्डै ९० प्रतिशत यति होल्डिङ्सले नै लिएको पाइएको छ ।ट्रस्टले २०६४ देखि हालसम्म ३ हजार रोपनी जग्गा भाडामा लगाएको छ ।यसमध्ये २ हजार ७ सय ९९ रोपनी जग्गा यति होल्डिङ्स र यतिकै सञ्चालकले सञ्चालन गरेको थामसेर्कु ट्रेकिङ प्रालिले पाएको छ ।

यति समूहले गोकर्ण फरेस्ट रिसोर्टका लागि २ हजार ७ सय ९२, ताहाचलको ५ र दरबारमार्गको झन्डै २ रोपनी जग्गा वार्षिक ३६ करोड ८० लाख रुपैयाँ भाडा बुझाउने गरी ट्रस्टबाट लिएको हो ।

जग्गा र भवन गरी सरकारले देशभर १२ जिल्लामा रहेको ट्रस्टको सम्पत्तिमध्ये काठमाडौं र धनकुटाको मात्रै सम्पत्ति भाडामा दिएको छ जसमा अधिक लाभ यति समूहले लिएको हो । ‘२०६४ यता नै यति समूहलाई सहज हुने गरी ट्रस्टले निर्णय गर्दै आएको देखिन्छ,’ ट्रस्टसम्बद्ध अधिकारी भन्छन्, ‘ट्रस्टको सम्पत्ति कहाँ कति छ भन्ने भेउ पाएको यति समूहले सत्तासँगको निकटतालाई प्रयोग गरिरहेको छ ।’

यति समूहलाई गोकर्ण फरेस्ट रिसोर्टको म्याद थपको विषयमा सत्तारूढ दल तथा अन्य क्षेत्रबाट विरोध भए पनि सम्झौता भइसकेको छ । नेपाल ट्रस्टले देशभर रहेको आफ्नो सम्पत्ति विवरणको वर्तमान अवस्था अध्ययन गरेर तयार पारेको प्रतिवेदनमा गोकर्णमा रहेको ३ हजार ९ सय ७१ रोपनी जग्गामध्ये २ हजार ७ सय ९२ रोपनी यति होल्डिङ्स प्रालिलाई थप २५ वर्षका लागि लिजमा दिने निर्णय गरिसकेको उल्लेख छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);