राजधानीमै भारतीय नागरिकलाई नागरिकता बनाउने प्रयास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

राजधानीमै भारतीय नागरिकलाई नागरिकता बनाउने प्रयास

nagarikta

काठमाडौं, २५ माघ । भारतीय बाबुबाट जन्मिएकी महिलालाई नेपाली नागरिक बनाउन खोज्ने चार जना पक्राउ परेका छन् । फर्जी कागजातका आधारमा नागरिकता बनाउन खोज्ने काठमाडौं टोखा नगरपालिका–३ का रेशमलाल गुरुङ, कल्पना गुरुङ, उर्मिला गुरुङ र मधुविलास अधिकारी पक्राउ परेका हुन् । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौं हाताभित्रैबाट पक्राउ गरिएको हो ।

भारतीय नागरिकसँग विवाह गरेकी कल्पना गुरुङले तिनै भारतीय नागरिकबाट दार्जिलिङमा जन्मिएकी आफ्नी छोरी उर्मिलाको नेपाली नागरिकता बनाउन खोज्दा उनीहरू पक्राउ परेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले नक्कली कागजात लिएर नागरिकता बनाउन आएका चार जनालाई पक्राउ गरिएको जानकारी दिए ।

आचार्यका अनुसार उर्मिला आफ्नी आमाका दोस्रा पति रेशमलाल गुरुङसँग नागरिकता बनाउन आएकी थिइन् । जबकि, उनी भारतीय नागरिककी छोरी हुन् । उनकी आमाले भने उनी जन्मिएपछि भारतीय नागरिकलाई छोडेर नेपालकै रेशमलालसँग दोस्रो विवाह गरेकी थिइन् ।

यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);