कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई सम्मान गरिने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

कुलमान घिसिङ र डा. सन्दुक रुइतलाई सम्मान गरिने

काठमाडौं, ८ पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आँखा विशेषज्ञ चिकित्सक सन्दुक रुईत हेमबहादुर मल्ल सम्मान पुरष्कारबाट सम्मानीत हुनुहुनेभएको छ ।

नेपाल जनप्रशासन संघ र साल्ट ट्रेडिङ कर्पोरेशनले मंगलबार पत्रकार सम्मेलन गरी घिसिङ र रुईतलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको जानकारी गराएको हो ।

साल्ट ट्रेडिङले घिसिङलाई लामो समयदेखिको लोडसेडिङ समस्यालाई हटाउन योगदान गरेको र रुईतलाई आँखा उपचारमा अतुलनीय योगदान गरेकोले उक्त पुरष्कार प्रदान गर्न लागिएको जनाएको छ ।

सम्मान प्रदान गर्न गठित उच्चस्तरीय छनोट समितिका संयोजक कृष्णहरी बास्कोटाले घिसिङलाई २०७३ सालको र रुईतलाई २०७४ सालको पुरस्कारबाट सम्मान गर्न लागिएको बताउनुभयो ।

हेमबहादुर मल्ल सम्मान पुरष्कार २०५९ सालमा स्थापना गरिएको हो । बाग्लुङमा जन्मनुभएका मल्ल साल्ट ट्रेडिङ कर्पोरेशन महाप्रवन्धक भई रोलमोडल प्रशासन र व्यवस्थापकको रुपमा काम गर्नुभएकोले कर्पोरेशनले उहाँको सम्झनामा उक्त पुरस्कारको स्थापना गरेको हो । पुरस्कारको राशि २ लाख रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);