‘दुई व्यक्ति मैत्रिकला प्रदर्शनी’ पुस १० देखि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

‘दुई व्यक्ति मैत्रिकला प्रदर्शनी’ पुस १० देखि

काठमाडौं, ८ पुस । नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी सङ्घले नेपाली कलाकार धर्मराज शाक्य र चीनका कलाकार झेन झोन्गीको ‘दुई व्यक्ति मैत्रिकला प्रदर्शनी’ गर्ने भएको छ ।

सङ्घले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रर्दशनीबारे जानकारी गराएको हो । नेपाल–चीन दौत्य सम्बन्धको ६५ वर्ष पुगेको सन्दर्भमा नेपाल कला परिषद्मा दुई देशका कलाकारहरुको मैत्रीकला प्रदर्शनी गर्न लागेको हो ।

प्रर्दशनी यहि पुस १० देखि ५ दिनसम्म चल्ने छ । प्रर्दशनीमा २२ वटा गणेशको चित्रका साथै १० वटा नेपाली मुर्ति र चिनीया कलाकारको ३० वटा चित्र राखिने छ ।
pradarshani

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);