गोरखाको मुन्थला देवीस्थानलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गोरखाको मुन्थला देवीस्थानलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने

गोरखा, ७ पुस । गोरखाको मुन्थला देवीस्थानलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने भएको छ । गण्डकी गाउँपालिकामा रहेको मुन्थला देवीस्थानमा हरेक मंसिर पूर्णिमाको बेला मेला लाग्ने गर्छ ।

उत्तरतिरको विभिन्न हिमाललाई नजिकबाट नियाल्न सकिने यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन अहिले स्थानीय स्तरमा बिकास निर्माणको लागि प्रतिस्पर्धा नै चल्ने गरेको छ ।

जिल्लाको गण्डकी गाउँपालिका वडा नं ८ को वेनि गाउँमा रहेको यो क्षेत्रले धार्मीक पर्यटनको राम्रो सम्भावना बोकेको छ । अझ स्थानीय तह यो क्षेत्रको विकासका लागि सकृय बन्दै जाँदा यसको चर्चा राम्रैसंग हुने देखिन्छ । मंसिरको पुर्णिमा मेला लाग्ने मुन्थला भगवती मनकाममना भगवतीको मुल थलो भएको किम्वदन्ती छ ।

पृथ्वी राजमार्गको वेनिघाटबाट करिव १० किलोमिटरको कच्चि सडक पार गरेपछि समुन्द्री सतह भन्दा करिव ४ हजार फिटको उचाइमा पुगिन्छ । यहाँबाट देखिने प्रकृतिक सौन्र्दयले जो कोहिलाई पनि मन्त्रमुग्ध पार्छ ।

उत्तरतिर देखिने मनास्लुु, गणेश हिमालका दृष्यसंगै मुन्थला देवीको मन्दिर क्षेत्र आन्तरिक तथा वाह्रय पर्यटकका लागि राम्रो गन्तब्य हुन सक्छ । यता स्थानीय तहले पर्यटनको विकाससंगै यो क्षेत्रका ऐतिहासिक र सांस्कृतिक महत्वका क्षेत्रहरुलाई जोड्दै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न डिपिआर तयार पारेको छ ।

पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै मुन्थलालाई केन्द्र विन्दुमा राखेर गण्ढकी गाउँ पालिकाले पुर्व र उत्तरमा रहेका त्रिशुली, वुढि गण्डकी र गाउंपालिकाको पश्चिममा रहेको शहिद लखन गाउँपलिकामा रहेको नेपालकै ऐतिहासिक मनकामना समेतलाई पर्यटकीय पदमार्गको रुपमा निर्माण गर्दैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);