विप्लव नेतृत्वको नेकपाका २१ जना कार्यकर्ता पूर्पक्षका लागि जेल चलान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विप्लव नेतृत्वको नेकपाका २१ जना कार्यकर्ता पूर्पक्षका लागि जेल चलान

दाङ, ७ पुस । दाङको राजपुर–४ मुंग्रठा खोलाबाट २ महिना पहिले पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धीत नेकपाका २१ जना कार्यकर्ता पूर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत दाङका न्यायाधीस रितेन्द्र थापाको इजलासले उनीहरुलाई जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर फेरी पक्राउ गर्न प्रहरी तयार अबस्थामा रहेका कारण उनीहरुले धरौटी तिर्न नसक्ने भन्दै करागार जाने निधो गरेका हुन् ।

अदालतको आदेश अनुसार धरौटीमा छुट्ने तयारी गरेका उनीहरुलाई प्रहरीले अन्य मुद्धामा पक्राउ गर्ने तयारी गरेपछि उनीहरु पूर्पक्षका लागि कारागार गएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);