कुलमान घिसिङ र शेष घलेलाई महासंघको विशेष सम्मान | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

काठमाडौं, १७ भदौ । नेपाल निर्माण व्यवसायी महासंघले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष शेष घलेलाई विशेष सम्मान गरेको छ।

 

शनिबार राजधानीमा आयोजित महासंघको १९ औं साधाारणसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले घिसिङ र घलेलाई विशेष सममाननले सम्मानित गरेका हुन्। नेपालमा न्युनतम् पुर्वाधारका रुपमा रहेको विजुलीमा देशलाई आत्मनिर्भर गराउने गरी चालेका बहादुरीपूर्ण कदमको कदर गर्दै घिसिङलाई सम्मानित गरिएको महासंघले जनाएको छ।

लोडसेटिङ्ले थलिएका नेपालीलाई तत्कालिन ऊर्जा मन्त्री जनार्दन शर्मा र घिसिङको विशेष सक्रियतामा राजधानी काठमाडौं, पोखरा, चितवन लगाएतका विभिन्न ठाउँमा लोडसेडिङ हटाएर जनतालाई राहत दिने काम भएको थियो । त्यस्तै शेष घलेलाई भूकम्प तथा बाढीपीडितको उद्धार तथा राहतमा खेलेको विशेष भूमिकाको कदर गर्दै सम्मानित गरिएको जनाईएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);