प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा चुनौती

palpa fohor

रामनिवास यादव

काठमाडौं, ८ पुस । विश्व बजार र आधुनिक जीवनशैलीले प्लाष्टिकको प्रयोगलाई व्यापक बनाएको छ । त्यसबाट नेपाल पनि अछुतो हुन सकेको छैन । हत्तपत्त नष्ट नहुने प्लाष्टिकजन्य पदार्थबाट हुने प्रदुुषणका कारण वातावरणमा नकारात्मक प्रभाव त पारेको छ नै फोहोरका कारण शहरी सौन्दर्यमा पनि ह्रास आएको छ । तर, यसको न्युुनीकरण र पुुनःप्रयोग गर्ने सरकारी संयन्त्रसँग ठोस योजना नहुँदा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा चुनौती देखिएको छ ।

काठमाडांंै उपत्यकामा दैनिक एक हजार ४५ टन फोहोर जम्माहुने गरेको छ । त्यसमध्ये काठमाडौं महानगरपालिकाबाट मात्रै ५ सय १६ टन निस्कन्छ । यसरी जम्मा भएका फोहोरमध्ये झण्डै ७० प्रतिशत अर्गानिक र ३० प्रतिशत प्लाष्टिकजन्य फोहर हुन्छन् ।

तर पनि प्लाष्टिकजन्य फोहोरको पुुनः प्रयोग गर्ने योजना नरहेको काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठ बताउनुु हुुन्छ ।

प्लाष्टिकजन्य बस्तुुको समुचित ढङले प्रयोगमा ल्याउन सक्ने आम्दानीको स्रोत बन्न सक्छ । प्लाष्टीकजन्य फोहोरबाट मोहर कमाउन सकिने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनको तर्क छ ।

प्लाष्टिकजन्य फोहोरको न्युुनिकरणका लागि सरकारले नै पुरानो प्लाष्टिकलाई पुुनः प्रयोगमा ल्याउन उद्योग स्थापना गर्नुु पर्ने पुुरानो प्लाष्टिक व्यवसायीसंघका केन्द्रिय अध्यक्ष राजेश आचार्यको भनाई छ ।

हुन त राजधानी काठमाडौंमा २०७२ बैशाख १ गते देखि प्लाष्टिक झोला निषेध गर्ने निर्णय गरेको थियो । तर केहि समयपछि कार्यान्वयनमा ल्याउन कठिन भएको भन्दै सरकारले २०७५ साल २३ जेठमा प्लाष्टिक झोलाको प्रयोगसम्बन्धि मापदण्ड संशोधन गरेपछि काठमाडौंमा प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा समस्या हुँदै आएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);