पोखरा र कीर्तिपूरमा प्लाष्टिक पगालेर सडक कालाेपत्रे (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत ८ २०८०, बिहीबार

पोखरा र कीर्तिपूरमा प्लाष्टिक पगालेर सडक कालाेपत्रे (भिडियाेसहित)

काठमाडाैं, ८ जेठ । घरघरबाट दैनिक निस्कने प्लाष्टिकजन्य फोहोर व्यवस्थापन बिकराल समस्या बनीरहेका बेला इन्जिनियरहरुको एक समुहले व्यवस्थापनको सहज उपाय सुझाएका छन् । खेर जाने प्लाष्टिकजन्य फोहरलाई सडक कालोपत्रे बनाउने प्रविधि नेपालमा भित्र्याई सफल प्रयोगमा समेत ल्याएका छन् ।

नेपालमा प्लाष्टिक जन्य फोहोरको व्यवस्थापन सर्वत्र चुनौती बनेको छ । प्लाष्टिक व्यवस्थापनको समस्या र यसले वातावरणमा पार्ने नकरात्मक असरलाई मध्ये नजर गर्दै सरकारले प्लाष्टिक झोलाहरुको प्रयोगमा निषेध गर्ने निर्णय समेत ग-यो ।

तर यो प्रभावकारी कार्यान्वयनमा नआउंदा फोहर व्यवस्थापनमा चुनौती बढेको हो । चाउचाउका पाकेटदेखि अन्य वस्तुको प्याङिमा आउने प्लाष्टिक अहिले हरेक टोल समाजमा वातावरणीय प्रदूषणको प्रमुख कारक बनिरहेको छ ।

यस्तो अवस्थामा इन्जिनियरहरुको एक निजी संस्थाले खेर जाने प्लाष्टिकको व्यवस्थापन सडक कालोपत्रे गर्ने प्रविधि नेपालमा भित्र्याएको छ । यो प्रविधिको परिक्षण गर्दै पोखरा र कीर्तिपूरको सडकमा प्लाष्टिक मिसाएर सडक कालेापत्रे गरिएको छ ।

प्लाष्टिक राखेर पीच गर्ने प्रविधि भारतबाट सुरु हुँदै इन्डोेनेसिया, भुटानपछि नेपालमा भित्र्याइएको हो । यो प्रविधिद्वारा निर्माण गरिएको कालोपत्रे सामान्य कालोपत्रे भन्दा टिकाउ हुने संलग्न ईन्जिनियरको दाबी छ । यो प्रविधि अनुसार प्लाष्टिकका टुक्राहरुलाई एक सय ७० डिग्री तातो गिटीमा हालेर पगालिन्छ । गिटी र प्लाष्टिकको घोललाई अलकक्रामा हालेर कालोपत्रे गरिन्छ । यो प्रविधिले वातावरणलाई कुनै हानी नगर्ने र सडक पटि टिकाउ हुने इन्जिनियर राजिव सूवेदीको दाबी छ ।

पोखरामा यो प्रविधिद्वारा निर्माण गरिएको नमुना सडकले राम्रो नतिजा दिएपछि काठमाडौँको कीर्तीपुर नगरपालिकाले पनि यो प्रविधि अपनाएर नयाँ बजारमा दुई सय मिटर सडक कालोपत्रे गरेको छ ।

प्लाष्टिकको प्रयोग गरी सडक कालोपत्रे गर्ने यो प्रविधि अन्य देशहरुमा बर्षौँदेखि अभ्यासमा छ । यस प्रविधि अपनाएर निर्माण गरिएको कालोपत्रेले राम्रो नतिजा दिए देशका सात सय ५३ वटै स्थानीय तहहरुमा यसको उपयोग गर्न सकिने सरोकारवाला बताउँछन् । सडक कालोपत्रे गर्दा प्लाष्टिक मिसाउंदा लागत कम हुने र फोहोरको व्यवस्थापनको लागि उत्तम विकल्प हुने संलग्न ईन्जियरहरुको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);