तिलगंगा आँखा अस्पताललाई अन्तराष्ट्रिय आँखा उपचारको हव बनाउन माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

तिलगंगा आँखा अस्पताललाई अन्तराष्ट्रिय आँखा उपचारको हव बनाउन माग

काठमाडौं । राष्ट्रियसभाकी सांसद मदनकुमारी साह गरिमाले तिलगंगा आँखा अस्पताललाई अन्तराष्ट्रिय आँखा उपचारको हव बनाउने गरी आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नु भएको छ ।

मंगलबार राष्ट्रियसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सरकारले आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । । बहराईन सरकारको मानवीय सेवाका लागि प्रदान गरिने इसा अवार्डबाट सम्मानित हुनु भएका तिलगंगा आँखा अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुईतप्रति बधाई ज्ञापन गर्दै उहाँले विश्वमा आफ्नो योेग्यता र सेवाबाट नेपाललाई चिनाउनु भएको उल्लेख गर्दै सो कार्य सबै नेपालीका लागि गर्वको विषय भएको पनि स्पष्ट पार्नु भयो ।

सांसद साहले भन्नु भयो, ‘बहराईन सरकारको प्रतिष्ठित इसा अवार्डबाट सम्मानित हुनु भएको डा. सन्दुक रुइत हार्दिक बधाई ज्ञापन गर्दछु । विश्वमान चित्रमा नेपाललाई योग्यता र सेवाभावबाट चिनाउनु भएकोमा डा. रुइतमाथि हामी गर्व गर्दछौं । यस अनुकरणीय कार्यका लागि डा. रुइतप्रति आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु । आँखाको लेन्स उत्पादन उद्योगलाई पर्याप्त आर्थिक सहयोग र तिलगंगा आँखा अस्पताललाई अन्तराष्ट्रिय आँखा उपचारको हब बनाउन आर्थिक वर्ष २०८०÷८१ मा समावेश गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

सांसद साहले नेत्र विशेष डा. रुइतले नेपालमा लेन्स उत्पादन उद्योग खोलेर विश्वमै मानवीय सेवाका लागि उदाहरणीय काम गरेको पनि बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);