क्यान्सर रोगीलाई दिइँदै आएको एक लाख आर्थिक सहायता रोक्का | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

क्यान्सर रोगीलाई दिइँदै आएको एक लाख आर्थिक सहायता रोक्का

puspha chaudhary

काठमाडौं, २९ बैशाख । सरकारले विगत ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख आर्थिक सहायता बन्द गरेको छ । आइतबार राजधानीमा आयोजित बिश्व आँखा क्यान्ससर सचेतना कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डाक्टर पुष्पा चौंधरीले बजेटको अभावमा ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँइदै आएको १ लाख आर्थिक सहायता रोका गर्नु परेको जानकारी दिनुभयो ।

बजेटको अभाव भएकाले सरकारले हाललाई क्यान्सर रोगीहरुको सूचि तयार पार्ने काम पनि स्थगित गरेको सचिव चौंधरीले बताउनुभयो । उहाँले आँखाको क्यान्सर रोगको उपचारको लागि पनि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने आश्वासन पनि दिनु भयो ।

कार्यक्रममा तिलगंगा आँखा अस्पतालका संस्थापक एवम् कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइतले आँखाको क्यान्सर र त्यसको रोकथामका लागि आफनो तर्फबाट आवश्यक सबै खालको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);