श्रम शोषण गर्ने अस्पतालमाथि कार्वाही गर्ने श्रममन्त्री विष्टको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

श्रम शोषण गर्ने अस्पतालमाथि कार्वाही गर्ने श्रममन्त्री विष्टको चेतावनी

shrammantri bista

काठमाडौं, २९ बैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले नर्सहरुमाथि श्रम शोषण गर्ने अस्पतालहरुमाथि कार्वाही गर्ने चेतावनी दिनु भएको छ । अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री विष्टले श्रम शोषण गरिरहेका अस्पतालहरुको विवरण सरकारलाई बुझाउन पीडित नर्सहरुलाई आग्रह गर्नुभयो ।

मन्त्री विष्टले नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने अस्पतालहरुलाई श्रम ऐन अन्तरगत कार्वाही गर्ने पनि स्पष्ट पार्नु भयो । उहाँले श्रम ऐनले तोके बमोजिम पारिश्रमिक तथा सेवा, सुविधा नदिने सरकारी-गैरसरकारी सबै संस्थाहरुलाई कार्वाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

मन्त्री विष्टले पीडित पक्षले दिएको उजुरीको आधारमा न्यूनतम पारिश्रमिक समेत नदिने केही अस्पतालहरुलाई कार्वाहीको दायरामा ल्याइएको बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);