सरकारले अब श्रम अधिकारको सुनिश्चितता प्रदान गर्छ : मन्त्री विष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सरकारले अब श्रम अधिकारको सुनिश्चितता प्रदान गर्छ : मन्त्री विष्ट

काठमाडौं, २९ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकले अनुभुत गर्ने गरि सरकारले श्रम अधिकारको सुनिश्चितता प्रदान गर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवसको अवसरमा राजधानीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री विष्टले श्रम सम्बन्ध स्थापित गर्दै श्रमिकका हक अधिकारको प्रत्याभुति गरिने बताए ।

उनले श्रम सम्बन्धी नीति र कानूनहरुलाई समयानुकुल परिमार्जन गर्दै सरकार नयाँ ढंगले श्रम र श्रमिकको अधिकार स्थापित गराउने बाटोमा हिंडेको बताए ।

मन्त्री विष्टले नर्सिङ पेसामा पनि श्रमको उचित मुल्यांकन नहुने गरेको कुरा सुन्दै आएको उल्लेख गर्दै त्यसको प्रभावकारी ढंगले व्यस्थापन गर्ने प्रतिवद्धता जनाए । उनले पहुँच नभएका श्रमिकको अधिकार स्थापित हुने गरी सरकारले नीति नियम बनाउने र त्यसको कार्यान्वयनमा प्रभावकारी कदम चाल्ने आश्वासन दिए ।

कार्यक्रममा नर्सिङ पेशामा आवद्धहरुले यस पेशामा देखिएको विकृति हटाई श्रमको उचित मुल्यांकनको साथै मर्यादित पेशाको रुपमा स्थापित गराउने ढंगले नीति नियम बनाउन सरकारसंग माग गरे ।

नर्सिङ क्षेत्रमा स्वयमसेवक र प्रशिक्षार्थी राख्न नपाउने सरकारी व्यवस्था भएपनि अस्पतालहरुले स्वयमसेवक र प्रशिक्षार्थीको नाममा श्रम शोषण गर्दै आएका छन् । नर्सहरुले नर्सिङ पेशामा रहेका यी दुवै विकृतिलाई कडा रुपमा हटाउँदै श्रमको उपयुक्त मुल्य दिनुपर्ने बाध्यकारी प्रावधान ल्याउन सरकारसंग माग गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);