नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने अस्पताललाई कडा कारबाही : मन्त्री गिरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नर्सहरुलाई न्यूनतम पारिश्रमिक नदिने अस्पताललाई कडा कारबाही : मन्त्री गिरी

काठमाडौं, १५ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरुलाई न्यूनतम पारिश्रमिक पनि नदिने निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ ।

न्यूनतम पारिश्रमिक पनि नदिई नर्सहरुलाई काममा लगाउने कुरा मान्य नहुने उल्लेख गर्दै मन्त्री गिरीले त्यस्ता निजी क्षेत्रका अस्पताल वा स्वास्थ्य संस्थाहरुमाथि अनुगमन गरी तथ्य र प्रमाणको आधारमा कारबाही हुने बताउनु भएको हो । आईतबार काठमाडौंमा आयोजित नेपाल नर्सिङ संघको ६१ औं वार्षिक उत्सव कार्यक्रममा बोल्दै उहाँले आफूले मासिक ८/१० हजारमा पनि निजी क्षेत्रमा नर्सहरुले काम गर्नुपर्ने कहाली लाग्दो अवस्था सुनेको भन्दै तथ्य र प्रमाण जुटाउनका लागि मन्त्रालयले निजी क्षेत्रका सबै अस्पताल र स्वास्थ्य संस्थाहरुमा तत्काल अनुगमन गर्ने घोषणा समेत गर्नु भयो । मन्त्री गिरीले नर्सहरुको श्रम शोषण गर्ने अस्पतालसहितका स्वास्थ्य संस्थाहरुको नविकरण नगर्नेदेखि लिएर संस्थानै खारेज गर्न सरकार बाध्य हुनेतर्फ पनि सचेत गराउनु भयो ।

उहाँले नर्सहरुलाई अनलाईन पेमेन्टको व्यवस्था गर्न पनि निजी क्षेत्रका अस्पतालसहितका स्वास्थ्य संस्थाहरुलाई निर्देशन दिनु भयो । मन्त्री गिरीले भन्नु भयो, ‘अहिले मैले सुने–नर्सहरुले ८ हजार, १० हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ भन्ने कुरा सनिरहँदाखेरी यो भन्दा भयावह र कहाली लाग्दो अवस्था केही पनि हुन सक्दैन । यो अत्यन्तै चिन्ताको विषय हो । म यहीँबाट भन्न चाहन्छु–यसरी न्यूनतम पारिश्रमिक पनि नदिईकन, तलव, भत्ता पनि नदिईकन काममा लगाउने र श्रमको शोषण गर्ने कुरा कुनै पनि मूल्यमा ठिक हुन सक्दैन । उचित मान्न सकिदैन । त्यस्ता संस्थाहरुलाई, त्यस्ता निजी अस्पताल र स्वास्थ्य संस्थाहरु जहाँजहाँ छन, त्यसको राम्रो ढंगले मन्त्रालयबाट अनुगमन हुनेछ । र, त्यस्ता संस्थाहरुलाई आवश्यक कारबाही हाम्रो तर्फबाट हुन्छ । म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु । यो प्रष्ट कुरा हो । यसमा सम्झौंता हुनेवाला छैन । सम्झौंता गरिदैन । नियमित रुपमा हामी अनुगमन गर्छौं । त्यस्ता तथ्य र प्रमाणहरु भेटिए भने हामी यसको नविकरण नगर्ने र खारेज गर्नेसम्मको प्रक्रिया अघि बढाएर जानुपर्ने पनि हुन सक्छ । हामी त्यो काम गर्छौं । ती कुराहरु तथ्य र प्रमाणको आधारमा तपाईँहरुले हामी पनि सूचना दिनुहोस् । अव नर्सहरुको तलव पनि डिजिटल पेमेन्ट गर्नु पर्छ । त्यसका लागि अनुगमन गरेर मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने छ ।’

 

मन्त्री गिरीले कोभिड कालमा नर्सहरुले आफ्नो जीवनलाई जोखिममा राखेर स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको प्रशंशा गर्दै उनीहरुलाई आवश्यक तलव भत्तासहितको व्यवस्था मिलाउने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);