रुकुम महोत्सवमा पौने लाख दर्शक, ९ करोडको कारोबार | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रुकुम महोत्सवमा पौने लाख दर्शक, ९ करोडको कारोबार

मेगराज खड्का
रुकुम २३, फागुन ।
रुकुम उद्योग वाणिज्य संघ रुकुमको आयोजनामा सञ्चालन गरिएको मध्यपश्चिम रुकुम महोत्सव समापन गरिएको छ । ‘कृषि, जडिबुटी, पर्यटन, संस्कृति, सूचना प्रविधि, उद्योग र व्यापार, समृद्ध तथा स्वाधीन अर्थतन्त्र मध्यपश्चिमको मुल आधार’ भन्ने नारासहित रुकुमको बराहटाकुरामा महोत्सव सञ्चालन गरिएको थियो । फागुन १

रुकुम महोत्सवमा पौने लाख दर्शक

मेगराज खड्का
रुकुम २३, फागुन ।
रुकुम उद्योग वाणिज्य संघ रुकुमको आयोजनामा सञ्चालन गरिएको मध्यपश्चिम रुकुम महोत्सव समापन गरिएको छ । ‘कृषि, जडिबुटी, पर्यटन, संस्कृति, सूचना प्रविधि, उद्योग र व्यापार, समृद्ध तथा स्वाधीन अर्थतन्त्र मध्यपश्चिमको मुल आधार’ भन्ने नारासहित रुकुमको बराहटाकुरामा महोत्सव सञ्चालन गरिएको थियो । फागुन १२ गते प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डद्धारा उद्घाटन गरिएको महोत्सव ११ दिन सम्म चलेको हो ।
 महोत्सवबाट रुकुमको जिल्लाको घरेलु तथा साना उद्योग, व्यापार र कृषि उत्पादन वस्तुको बजारीकरण गर्ने लक्ष्य राखिएको थियो ।

 

महोत्सवमा करिब पौने एक लाख दर्शकले अवलोकन र ९ करोड बरावरको कारोबार भएको महोत्सव आयोजक समितिका आर्थिक संयोजक प्रबिर डाँगीले जानकारी दिए । उनका अनुसार महोत्सवमा टिकट बिक्रि तथा स्टलबाट उठेको रकम केहि दिन भित्रै पत्रकार सम्मेलन गरेर बिस्तृत जानकारी दिने र उक्त रकम रुकुम उद्योग बाणिज्य संघले एउटा एम्बुलेसन्स खरिद गरेर सञ्चालन तथा बिउबिजन कारखाना स्थापनाका लागि पहल गर्ने घोषणा यसअघि नै गरिसकेको र सोहि अनुसार खर्च गरिने जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);