तोकिएकै समयमा सरकार स्थानिय तहको निर्बाचन गराउन प्रतिबद्धः गृहमन्त्री निधि | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

तोकिएकै समयमा सरकार स्थानिय तहको निर्बाचन गराउन प्रतिबद्धः गृहमन्त्री निधि

नवराज खनाल लम्की २३ फागुन ।
उप प्रधान तथा गृहमन्त्री विमेलेन्द्र निधिले तोकिएकै समयमा सरकार स्थानिय तहको निर्बाचन गराउन प्रतिबद्ध रहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन लम्की शाखा कैलालीले आज कर्णाली चिसापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले १९ बर्ष देखि हुन नसकेको स्थानिय निर्बाचन सहजै रुपमा सम्पन्न गराउन सरकार कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाउनु भयोे ।

तोकिएकै समयमा सरकार स्थानिय तहको निर्बाचन गराउन प्रतिबद्धः गृहमन्त्री निधि

नवराज खनाल लम्की २३ फागुन  ।

उप प्रधान तथा गृहमन्त्री विमेलेन्द्र निधिले तोकिएकै समयमा सरकार स्थानिय तहको निर्बाचन गराउन प्रतिबद्ध रहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन लम्की शाखा कैलालीले आज कर्णाली चिसापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले १९ बर्ष देखि हुन नसकेको स्थानिय निर्बाचन सहजै रुपमा सम्पन्न गराउन सरकार  कुनै कसर बाकी नराख्ने प्रतिबद्धता जनाउनु भयोे ।

संबिधान सबैलाई सर्ब स्वीकार्य बनाउन मधेशी मोर्चाकै  सहमतिमा संशोधन दर्ता गराएको बताउनु भयो ।संविधान कार्यन्वयनको लागि २०७४ माघ ४ गते भित्र संघिय नेपालको तिनै तहको निर्बाचन सम्पन्न गराउने गरी बर्तमान   सरकारको निर्माण भएको बताउदै गृहमन्त्री निधिले सबैलाई समेटेर लैजाने बताउनु भएको थियो ।
कार्यक्रममा पत्रकारले सोधेको एक प्रश्नमा नेकपा एमालेले सञ्चालन गरेको मेचि महाकाली अभियानमा आफुले कुनै अवरोध नगरेको गृहमन्त्री निधिले बताउनु भएको छ । तोकीएकै समयमा स्थानिय निर्बाचन गराउनु सरकारको प्रमुख दाईत्व भएको बताउदै निर्बाचन विरोधी गतीबिधि भए सरकार हेरेर बस्न नसक्ने बताउनु भयो । संविधान संशोधनको विषयलाई लिएर एमालेले सरकारलाई लगाएको आरोप झुटो भएको बताउनु भयो ।

मधेशी मोर्चाले स्थानिय निकायको चुनावमा भाग नलिए सरकार के गर्छ ? भनी पत्रकारले सोधेको प्रश्नमा निधिले त्यो पछि सोचौला भन्ने जवाफ दिनु भएको थियो । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक नियुक्तिामा सरकाले बरियता मिचेको आरोप छ, त्यसमा नेपाली काग्रेस पनी मुछिएको हो ? भन्ने पत्रकारको जिज्ञासामा गृहमन्त्री निधिले त्यो कुरा पुरानो भसकेको जवाफ दिनु भएको थियो  ।

एक अर्को प्रशंगमा बोल्दै उप प्रधान तथा गृहमन्त्री विमेलेन्द्र निधिले टीकापुर घटनाको लागि छानविन आयोगले आफ्नो गतिविधि अघि बढाई राखेको बताउदै दोषिमाथी कारबाहि, पिडितिहरुलाई क्षेतिपुर्ति र घटनामा संलग्नमा नरहेकालाई जेल मुक्त गराउन पहलकदमी भैरहेको बताउनु भयो  ।

नेपाल प्रेस युनियन लम्की उपशाखाकाका सभापति डम्मर बमको सभापतित्वमा भएको पत्रकार सम्मेलनका प्रमुख अतिथी नेपाली काग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका सरकारका उप प्रधान तथा गृहमन्त्री विमेलेन्द्र निधि रहनु भएको थियो । भने विशिष्ट अतिथीमा नेपाली काग्रेसका पार्टी सचेतक तथा कैलाली क्षेत्र नम्बर ३ की सांसद ईश्वरी न्यौपाने, जिल्ला सभापति नरनारायण शाह मनु, नेपाली काग्रेसका युवानेता कमलबहादुर शाह, डा. रणबहादुर रावल लगायत नेपाली काग्रेसका क्षेत्रीय सभापति, नगरसभापति, महा समिती सदस्य, महाधिबेशन प्रतिनिधि, जिल्ला सदस्य, क्षेत्रीय सदस्य लगायतकाको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल प्रेस युनियनका लम्कीका सचिव देवानन्द न्यौपानेले गर्नु भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);