रुकुममा १३ वटा राजनीतिक दल दर्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

रुकुममा १३ वटा राजनीतिक दल दर्ता

मेगराज खड्का
रुकुम १७, फागुन ।
जिल्ला निर्बाचन कार्यालय रुकुममा १३ वटा राजनैतिक दल दर्ता भएका छन । लामो समय पछि हुन लागेको स्थानीय निकाय निर्बाचनमा भाग लिन यसरी दलहरु दर्ता भएका हुन । सरकारले बैशाख ३१ गते स्थानीय निकाय निर्बाचनको घोषणा गरिसकेको छ । केन्द्रमा १ सय ११ वटा राजनैतिक दलहरुले दल दर्ता गरेपनि जिल्लामा १३ वटा मा

रुकुममा १३ वटा राजनीतिक दल दर्ता

मेगराज खड्का
रुकुम १७, फागुन ।
जिल्ला निर्बाचन कार्यालय रुकुममा १३ वटा राजनैतिक दल दर्ता भएका छन । लामो समय पछि हुन लागेको स्थानीय निकाय निर्बाचनमा भाग लिन यसरी दलहरु दर्ता भएका हुन । सरकारले बैशाख ३१ गते स्थानीय निकाय निर्बाचनको घोषणा गरिसकेको छ । केन्द्रमा १ सय ११ वटा राजनैतिक दलहरुले दल दर्ता गरेपनि जिल्लामा १३ वटा मात्र दलले दर्ता गरेको जिल्ला निर्बाचन कार्यालय रुकुमका जिल्ला निर्बाचन अधिकृत कमलमणी देवकोटाले जानकारी दिए ।

उनका अनुसार यो विबरण माघ १७ गते सम्म दर्ता भएको संख्या हो । संबिधान सभा चुनाबमा रुकुममा १२ वटा राजनैतिक दलहरुले मात्र दल दर्ता गराएर निर्बाचन प्रकृयामा भाग लिएका थिए । स्थानीय निर्बाचन भएको खण्डमा रुकुममा यसपटक भने १३ वटा दलले निर्बाचनमा भाग लिने छन ।

 

केहि नयाँ केहि पुराना दल

जिल्ला निर्बाचन कार्यालय रुकुममा दर्ता भएका दलहरु केहि यसअघि संबिधानसभा निर्बाचनमा भाग लिएका मध्यका छन भन केहि नयाँ दलहरु पनि दर्ता भएका छन । जसमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघिय समाजबादी फोरम, राष्ट्रिय जनमोर्चा र नयाँ शक्ति पार्टी नेपाल रहेका छन । त्यस्तै नेपाल दलित पार्टी, नेकपा माक्र्सवादी लेनिनवादी, नेपाल पुर्ब राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल परिवार दल र नेकपा माले जनसमाजबादी रहेका छन ।
जसमा नयाँ शक्ति, दलित पार्टी र राट्रसेवक लोकतान्त्रिक पाटी लगायतका कहि नयाँ दल पनि जिल्लामा दर्ता भएका हुन । जिल्ला निर्बाचन कार्यालय अनुसार जिल्लामा कुन १ लाख, ५८ हजार ६८ मतदाता रहेका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);