भारु नोट साटिने सम्भावना न्यून | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८०, आइतबार

भारु नोट साटिने सम्भावना न्यून

varu note

काठमाडौं, १९ चैत । भारतमा पाँच सय र हजार दरका नोट प्रतिबन्ध गरिएको डेढ बर्ष भइसक्दा पनि नेपालमा रहेका ती दरका नोट साटिएको छैन ।

नोट सटहीका लागि सरकार र राष्ट्र बैंकमार्फत पटक पटक प्रयास भए पनि भारतीय पक्षले महत्व नदिएपछि ती नोट नसाटिएका हुन् । नेपालमा करिब ८ करोड रुपैयाँ बराबर प्रतिबन्धित भारु नोट रहेका छन् । समाचारमा लेखिएको छ, भारतले आफ्ना नागरिक र भुटानसँग रहेका सबै प्रतिबन्धित भारु सटही गरिसकेको छ ।

पछिल्ला महिनाहरुमा भारतीय पक्षले नोट सटहीसम्बन्धी कुरा सुन्नै छाडेकाले नेपालमा रहेको भारु पाँच सय र हजार दरका नोट साटिने सम्भावना न्यून बन्दै गएको जानकारहरु बताउँछन् । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);