दुई नेपाली सहित ३ जना भारतीय पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दुई नेपाली सहित ३ जना भारतीय पक्राउ

काठमाडौं, २५ भदौ । महानगरीय प्रहरी परिसर, काठमाडौंले अबैध कारोवार गर्दै आइरहेका दुई जना नेपाली सहित ३ जना भारतीय नागरीकलाई सोमवार पक्राउ गरेको छ ।

सोमवार बिहान ठमेल स्थित एक होटलवाट बित्तिय ठगि गर्दै आइरहेका ५ जनालाई महानगरिय प्रहरी परिसरले पक्राउ गरेकोे छ ।

विशेष सुचनाका आधारमा महानगरीय प्रहरी परिसरले दुइ नेपाली अनुज नकर्मि, विजय दोङ्ग लामा र तीन भारतीय नागरिक जिन्टु जोइ, विकास गोसाइ, बिट्टु गौतमलाई पक्राउ गरेको हो ।

उनीहरुले स्वाइप मेशिन र एम एस आर मेशिनको सहायतामा बैङ्क खाताबाट डाटा लोड गरी कार्डमार्फत रकम चोरी गर्दै आएका थिए । प्रहरीका अनुसार उनीहरुले बिदेशी टुरिष्टहरुलाई लुट्ने गरेको समेत प्रारम्भीक अनुसन्धानमा देखिएको छ।

तर हालसम्म के कति रकम लुटे भन्नेवारेमा भने अझै खुलेको छैन । उनीहरुको साथबाट ठगि गर्न प्रयोग गर्ने चार स्वाइप मेशिन तथा एक एम एस आर मेशिन भेटिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);