लुटपाट गरिरहेको अवस्थामा पेस्तोलसहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

लुटपाट गरिरहेको अवस्थामा पेस्तोलसहित ३ जना पक्राउ

pestol sahit pakrau2

काठमाडौं, १५ पुस । प्रहरीले काठमाडौंको जडिबुटीमा लुटपाट गरिरहेका ३ जना लुटेरालाई पक्राउ गरेको छ । काठमाडौंको जडिबुटीस्थित एक घरमा लुटपाट गरिहेका ३ जनालाई पेस्तोलसहित पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले आईतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका लुटेराहरु धादिङ गल्छी घर भई हाल कलंकी बस्ने ३३ वर्षीय अर्जुनप्रसाद अधिकारी, धादिङ गल्छीकै २५ वर्षीय केदार अधिकारी र काभ्रे भुम्जु घर भई हाल चावहिल बस्ने ३० वर्षीय अन्जन उप्रेती रहेको जानकारी गराएको हो ।

pestol sahit pakrau1

लुटेराहरुको साथबाट ठूलो चाईनिज पेस्तोल–१ थान, एक राउण्ड गोली र १ थान खुकुरी समेत बरामद गरिएको परिसरका प्रमुख बसन्तकुमार लामाले जानकारी दिए ।

pestol sahit pakrau

प्रहरीका अनुसार पक्राउ परेका मध्ये अन्जन उप्रेती अघि पनि बिभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);