संचारकर्मीलाई सत्य र तथ्य समाचार प्रवाह गर्न उपप्रधानमन्त्री पोखरेलको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

संचारकर्मीलाई सत्य र तथ्य समाचार प्रवाह गर्न उपप्रधानमन्त्री पोखरेलको आग्रह

patrakar acharsahita

काठमाडौं, १५ पुस । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सत्यतथ्य समाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् ।

उपप्रधानमन्त्री पोखरेलले जनतालाई सही सूचना दिने भन्दा पनि सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएर पत्रकारहरुले हुँदै नभएका कुरालाई समाचार बनाउने गरेको दाबी गरे ।

ishwor pokhrel

आईतबार नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले आयोजना गरेको एक कार्यक्रममा उनले सत्तापक्ष र प्रतिपक्ष बन्ने होडमा जनतालाई गलत सन्देश दिने काम पत्रकारहरुले गर्न नमिल्ने उल्लेख गरे । उपप्रधानमन्त्री पोखरेलले पत्रकारहरुले विषयमा आधारित भएर ठिकलाई ठिक भन्न सकेमात्रै जनताले सही सूचना पाउने र त्यसले राष्ट्रको पनि हित गर्ने बताए ।

उनले पत्रकारहरुले सही सूचना नदिए कतिपय अवस्थामा देशले गम्भिर नोक्सान व्यहोर्नुपर्ने अवस्था आउने तर्क गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);