बैंक र व्यवसायीहरुले समयअनुसार कुरा फेर्ने गरेको गर्भनर नेपालको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बैंक र व्यवसायीहरुले समयअनुसार कुरा फेर्ने गरेको गर्भनर नेपालको आरोप

chiranjibi nepal

काठमाडौं, २४ साउन । नेपाल राष्ट्रबैंकका गर्भनर चिरञ्जिवी नेपालले बैंक र व्यवसायीहरुले समयअनुसार कुरा फेर्ने गरेको आरोप लगाएका छन् ।

बैकर्स एशोसियसन र सेजनले विहिबार काठमाडौंमा गरेको कार्यक्रममा गर्भनर नेपालले पछिल्लो साँढे २ वर्षको अवधिमा वित्तीय क्षेत्रले तरलताको संकट र फालाफालको दुवै अवस्था व्यहोरेको भन्दै व्यवसायी र बैंकर दुवैले परिस्थिती अनुकुल कुरा मात्रै गरिरहेको आरोप लगाए । बजारमा तरलता सहज हुँदा पैसा लैजान आग्रह गर्दा नलैजाने अहिले आएर पैसा पाइएन भन्नु जायज नभएको उनको भनाइ छ । उनले व्यवसायीलाई जथभावी नबोल्न चेतावनीसमेत दिए ।

उनले संस्थागत निक्षेपमा लुछाचुँडी नगर्न वित्तिय क्षेत्रलाई आग्रह गरे । वित्तिय क्षेत्रको पैसा गलत क्षेत्रमा नजाओस् भन्ने उद्देश्यले व्यत्तिगत ओभर ड्राफट्को प्रतिशत घटाइएको भएपनि व्यवसायीक ओभर ड्राफ्टमा भने कमि नआएको उनको भनाइ छ । उनले आफ्नो दक्षता र क्षमता अनुसार स्थापित अब्बल दर्जाको साखलाई कायमै राख्न वित्तिय क्षेत्रलाई सचेत गराए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);