फागुन ४, काठमाडौं । नेपाल राष्ट्रबैंकका गर्भनर डाक्टर चिरञ्जिवि नेपालले वित्तिय संस्थाहरुलाई हतारमा जनताको निक्षेपलाई गलत तरिकाले उकास्ने काम नगर्न आग्रह गर्नु भएको ।
बुधबार राजधानिमा आयोतिज मुक्तिनाथ विकास बैंकको केन्द्रिय कार्यालयको समुद्घाटन कार्यक्रममा बोल्दै गर्भनर नेपालले अहिले वित्तिय क्षेत्रमा देखिएको तरलताको असहजताका निम्ति हतारमा जनताको निक्षेपलाई गलत तरिकाले प्रयोग नगर्न आग्रह गर्नुभयो । उहाँले गलत तरिकाले निक्षेप प्रयोग गरे आफू कडारुपमा प्रस्तुत हुने चेतावनी समेत दिनुभयो ।
ग्रामिण भेगका रहेका विपन्न जनताको जिवन स्तर उकास्ने लक्ष्यका साथ कास्कि, स्याङजा र तनहु गरि क्षेत्रिय रुपमा २०६३ सालमा स्थापना भएको मुक्तिनाथ विकास बंैकले आफ्नो स्थापनाकालको १० औ वर्षमा आइपुग्दा राष्ट्रिय स्तरको बैंक बन्न सफल भएको छ ।




