रक्सौल परवानीपुर प्रसारण लाइनको निर्माण कार्य समपन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रक्सौल परवानीपुर प्रसारण लाइनको निर्माण कार्य समपन्न

९ फागुन, वीरगन्ज। रक्सौल परवानीपुर १३२ केभी विद्युत् प्रसारण लाइनको निर्माण पुरा भएको छ ।

रक्सौल परवानीपुर प्रसारण लाइनको निर्माण कार्य समपन्न

९ फागुन, वीरगन्ज। रक्सौल परवानीपुर १३२ केभी विद्युत् प्रसारण लाइनको निर्माण पुरा भएको छ । 

भारतको रक्सौलदेखि परवानीपुरसम्म रहेको सो प्रसारणलाइनको टावर, तार तथा अन्य उपकरण जडानको अन्तिम जाँच सुरु भएको आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाले बताउनुभयो । 

भारत सरकारले करिब भारु २१ करोडको लगानीमा भारतको रक्सौल तथा नेपालतर्फ परवानीपुरमा दुईवटा सवस्टेसन निर्माण भइसकेको बताइएको छ । 

यही फेब्रुअरी महिनाको अन्तसम्म परीक्षण गरी सुरुमा केन्द्रीय लाइनमा जोडिने आयोजना प्रमुख मुखियाले बताउनुभयो । 

रक्सौल परवानीपुर प्रसारण लाइन चालु भएपछि विद्युत्भार कटौतीको भार खेपिरहेका वीरगन्ज पथलैया औद्योगिक करिडोर क्षेत्रमा विद्युत्भार कटौती नहुने प्राविधिकहरुको भनाइ छ । 

भारतको विहार सरकारले रक्सौलमा निर्माण गरेको सवस्टेसन नेपाल–भारतको सीमा दशगजा क्षेत्रको चार किमी लाइन भारतीय क्षेत्रमा पर्छ भने नेपालतर्फ परवानीपुरसम्म १३ किमी क्षेत्रमा पर्दछ । नेपाल–भारत दुवै देशबीच विगतमा भएको विद्युत् सम्झौताअनुसार भारत सरकारले निर्माण गरेको विद्युत् प्रसारण लाइनमा उत्पादित विद्युत् वीरगन्ज क्षेत्रका लागिमात्र नभई केन्द्रीय प्रसारण लाइनमा जोडी अन्यत्रसमेत उपयोग गरिने आयोजनाले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);