सावधान! सानो गल्तीले ठूलो क्षति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सावधान! सानो गल्तीले ठूलो क्षति

accident

काठमाडौं, २७ असोज । ट्राफिक प्रहरी निर्देशनालयका अनुसार दसैंको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा धेरै सवारी दुर्घटनामा परेका छन्। यस अवधिमा सडक दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या पनि बर्सेनि बढ्दो छ।

गत पाँच वर्षको तथ्यांक हेर्दा दसैंका बेला भएका सवारी दुर्घटनामा मात्र पाँच सय ९ जनाले ज्यान गुमाएका छन्। ०७० को दसैंताका मुलुकभर दुई सय ८९ सडक दुर्घटना भए। त्यस वर्ष ७० जनाले ज्यान गुमाए। ०७१ को दसैंताका चार सय १४ सवारी दुर्घटना भए। ती दुर्घटनामा एक सय ४२ जनाले ज्यान गुमाए। ०७२ को दसैंताका भएका तीन सय २२ सवारी दुर्घटनामा परी ९२ जनाले ज्यान गुमाए। ०७३ सालको दसैं सेरोफेरामा सय ५५ सवारी दुर्घटना भए। ती दुर्घटनामा परी १ सय १ जनाको मृत्यु भयो। २०७४ को दसैंताका ३ सय ८२ सवारी दुर्घटना हुँदा एक सय चारजनाले ज्यान गुमाए।

ट्राफिक इन्जिनियर आशिष गजुरेल सवारीसाधन ओभरलोड र सडकको दुरअवस्थाले चाडपर्वका बेला दुर्घटना बढ्ने बताउँछन्। ‘चाडपर्वमा सबैलाई घर जानैपर्ने बाध्यता हुन्छ, त्यसको गलत फाइदा उठाउँदै यातायात व्यवसायीले क्षमताभन्दा धेरै यात्रु बसमा राख्छन्,’ उनले भने, ‘कमजोर सडक संरचना र ओभरलोडकै कारण चाडपर्वमा दुर्घटना बढ्छन् ।’ उनका अनुसार दसैंका बेला सवारीसाधनमा यात्रुको अत्यधिक चाप हुने र चालकले पनि बस कुदाउन हानाथाप गर्ने भएकाले धेरै दुर्घटना हुने गर्छन्। गजुरेल दुर्घटना न्यूनीकरण गर्न लामो दुरीमा चल्ने सवारीसाधनमा अनिवार्य दुई चालक राख्नुपर्ने बताउँछन्।

‘दसैंका बेला धेरै पैसा कमाउन चालकले हत्तारिएर सवारीसाधन चलाउने गर्छन्,’ उनले भने, ‘त्यसैले गर्दा दुर्घटना पनि बढ्दै गएका छन्। उनका अनुसार राजमार्गका ठाउँ–ठाउँमा रिफ्रेस सेन्टर राखेर सतर्कतासम्बन्धी चालकलाई कक्षा दिनुपर्ने अवस्था देखिएको छ।

अनुगमन तीव्र : ट्राफिक प्रहरी
ट्राफिक प्रहरी निर्देशनालयकाका प्रहरी निरीक्षक उदय सिजापतिले प्रहरीले चाडपर्व लक्षित जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

‘चाडपर्वका बेला ठूला सवारीसाधन दुर्घटना हुने सम्भावना बढी भएकाले सचेतनात्मक कार्यक्रम गर्दै आएका छौं,’ उनले भने, ‘दसैंतिहारका बेला धेरै एक ठाउँबाट अर्को ठाउँमा ओहोरदोहोर गछन्, त्यसैले सुरक्षा सतर्कता अपनाउन चालक र यात्रु दुवैलाई सतर्क गराउँदै आएका छौं।’

निर्देशनालयले लामो दूरीका सवारीसाधन चल्ने विभिन्न २८ स्थानमा चालकलाई ‘रिफ्रेन्समेन्ट सेन्टर’ चलाइरहेको छ। ‘लामो दूरीका सवारीसाधनमा अनिवार्य दुई चालक राख्नुपर्ने व्यवस्था छ,’ उनले भने, ‘त्यसको पूर्ण कार्यान्वयन गराएका छौं।’

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);