मानविय कमजोरीका कारण ८० प्रतिशत सवारी दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मानविय कमजोरीका कारण ८० प्रतिशत सवारी दुर्घटना

accident

प्रतिक्षा शर्मा

काठमाडौं, ५ चैत । पछिल्लो समयमा सवारी दुर्घटना मध्ये ८० प्रतिशत मानविय कमजोरीका कारण हुने गरेको तथ्यांकले देखिएको छ । मंगलवार ललितपुरमा सडक सुरक्षासम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा ट्राफ्रिक प्रहरीले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।

तथ्यांक अनुसार दुर्घटनाका अन्य कारणहरुमा ट्राफिक नियम उल्लंघन गर्नु, सडकको भौतिक दुरावस्था, यान्त्रिक बस्तुहरुको समयमै मर्मत संभार नहुनु पनि रहेको छ । त्यसैगरी सडकमा देखिने खाल्डा खुल्डी, मापसे सेवन, पुराना सवारीसाधन, अव्यबहारिक लाइसेन्स बितरण र चुस्त दुरुस्त ट्राफिक व्यवस्थापन गर्न नसक्दा पनि दुर्घटना वढेको महानगरीय ट्राफ्रिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले जानकारी दिए ।

यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बढ्दो शहरीकरणसंगै ट्राफिक व्यवस्थापन गर्न नसक्दा सडक दुर्घटना बढेको दाबी गरेको छ । मन्त्रालयका सहसचिव सरोज प्रधानले दुर्घटनालाई न्यूनीकरणका लागि सडक सम्बन्धी आवश्यक कानुन बनाउने कामलाई प्राथमिकता दिएको समेत जानकारी दिए ।

ट्राफ्रिक प्रहरी महाशाखाका अनुसार सडकको संरचना, सडकमा लेन अनुशासन, ट्राफिक लाइट र जेब्रा क्रसिङको अभावका कारण पनि सवारी दुर्घटना बढ्ने गरेको छ । नेपालका कतिपय स्थानमा ट्राफिक प्रहरीको पहुँच नपुग्दा सवारी चालकले जथाभावी सवारीसाधन चलाउँदा पनि दुर्घटना हुने गरेको छ । तथ्यांक अनुसार बढी दुर्घटना मोटरसाइकल हुने गरेको छ भने सार्वजनिक सवारीसाधन समेत अग्रपंक्तिमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);