दुर्घटना न्यूनीकरण कार्यक्रममा सरोकारवालाबीच जुहारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

दुर्घटना न्यूनीकरण कार्यक्रममा सरोकारवालाबीच जुहारी

durghatana-kailali

तेज बोहरा
कैलाली, १६ मंसिर
। सुदुरपश्चिम क्षेत्रमा सवारी दुर्घटना निरन्तर बृद्धि भइरहे पनि सम्बन्धित पक्षहरू भने एकअर्कामाथि आरोपप्रत्यारोपमा व्यस्त छन् । यातायात मजदुरहरूले सवारी दुर्घटना हुनुमा सडकको अवस्था, सवारी चाप र तेस्रो पक्ष बढी जिम्मेवार रहेको दावी गर्ने गरेका छन् भने ट्राफिक प्रहरीले प्राय चालकको लापरवाही र तीब्र गति नै दुर्घटनाको प्रमुख कारण रहेको दावी गर्ने गर्दछन् ।

धनगढीमा भेला भएका यातायात र सडक सम्बद्ध सरोकारवालहरुले सडक दुर्घटना न्युनिकरण नहुनुमा एकले अर्कालाई दोषारोपण गरेका छन् । संयुक्त रूपमा आयोजना गरेको ‘दुर्घटना न्यूनीकरणमा सरोकारवालाहरूको भूमिका’ विषय प्रशिक्षण कार्यक्रममा दुई पक्षबीच जुहारी नै चल्यो ।

प्रहरी उपरीक्षक प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक केदार रजौरेले सुदूरपश्चिम प्रदेशमा ७६ प्रतिशत सवारी दुर्घटना चालकको लापरबाहीका कारण हुने गरेको तथ्यांक प्रस्तुत गरे । उनका अनुसार नेपालमा हुने सवारी दुर्घटनामध्ये ७४ प्रतिशत चालकको लापरबाहीका कारण हुने गरेका छन् भने तीब्र गतिका कारण १६ प्रतिशत दुर्घटना हुने गरेका छन् । तर, यातायात मजदुर संगठन भने ट्राफिक प्रहरीको दावी स्वीकार गर्ने पक्षमा छैन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सुदूरपश्चिम संयोजक टेकराज जोशीले यायातात दुर्घटना हुनुमा चालकहरू मात्रै दोषी नभएर सवारी धनि पनि जिम्मेवार रहेको बताए । उनले सवारी धनिले चालकसँग राम्रो व्यवहार नगर्ने र सवारी साधनलाई मर्मत नगर्ने, अनुभवि चालक नराख्ने गर्नाले यातायात हुने गरेको बताए ।

सवारी दुर्घटनालाई कम गर्ने पहिलो उपाय भनेकै सडक सुरक्षा हो । ट्राफिक नियमको पुर्ण पालना, संवेदनशिलता र सडकको गुणस्तर यी सवै पक्ष जिम्मेवार छ । एकले अर्कालाई दोषारोपण गर्ने र गल्ती स्वीकार नगर्ने परिपार्टी गलत हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);