लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत 'म बोल्छु' कार्यक्रम | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत ‘म बोल्छु’ कार्यक्रम

ma bolchu

नेपालगञ्ज, १६ मंसिर । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत नेपालगञ्जमा म बोल्छु विषयक कार्यक्रम गरिएको छ । लैगिंक हिसा र दुब्र्यवहार, छैन हामीलाई स्वीकार भन्ने मूल नाराकासाथ सबै महिलाहरुले आफनो समस्या खुलेर बोल्न सके मात्र घरेलु हिसां न्यूकरण हुन सक्ने सहभागीहरुले बताएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका र महिला तथा बालबालिका शाखाले आयोजना गरेको कार्यक्रममा अधिवक्ता लोक बहादुर शाहले महिलाको कानूनी हक र संविधानमा के कस्ता कानूनहरु बनेका छन महिलाका विषयमा अवधारणा पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका उप मेयर उमा थापा मगरले शहर र गाउँमा रहेका महिलाहरुलाई आफूमाथि भएको हिसां बारे अहिले नबोले कहिले बोल्ने हिसां सहनु अपराध सरह भन्दै सबै महिलाहरुले आफनो हक अधिकारका साथै हिसां न्यूनिकरण गर्न सहयोग गर्नुपर्ने बताईन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);