छाडा चौपायका कारण दुर्घटनाको जोखिम बढ्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

छाडा चौपायका कारण दुर्घटनाको जोखिम बढ्दै

chada chaupaya

खगेन्द्र घिमिरे
झापा, १७ कात्तिक
। पूर्व पश्चिम राजमार्गको झापाको दमकदेखि सुरुङा सडक खण्डमामा छोडिएका छाडा चौपायका कारण दुर्घटनाको जोखिम बढ््दै गएको छ । स्थानीयले पालेका पशुहरु राजमार्ग आसपासको खालि जमिन तथा सामुदायिक बन क्षेत्र र झापाको रतुवामाई बृक्षारोपण आयोजनाका क्षेत्रमा चरनकालागि खुल्ला छाड्ने गरेका छन् ।

झापाको दमकदेखि सुरुङा क्षेत्रका स्थानीयहरुले पालेका पशुहरु आफु खुशि राजमार्गमा प्रबेश गर्ने र सडकको बिचमा आएर लामो समय सम्म बस्दा पूर्व पश्चिम राजमागमा दुर्घटना बढ्ने गरेको छ । झापाको रतुवामाई बृक्षारोपण आयोजनाको क्षेत्रमा दैनिक सयौको संख्यामा पशुहरु झुण्ड झुण्ड भएर मुख्य राजमार्ग पारगर्ने गर्दछन । यो समस्या बर्षाै अघिदेखिको भएपनि यसको उचित व्यवस्थापन अझै हुन नसक्दा दैनिक भौतिक तथा मानविय क्षति हुनेगरेको छ ।

स्थानिय निकायले समेत यस बिषयमा चासो देखाउन नसक्दा यो समस्या बढ्दो क्रममा देखिएको छ । पशु चौपाया सडक भएको कारणले दुर्घटना भएपनि सवारी धनीले नै क्षति वापतको रकम दिदै आएकोमा अहिले भने यो क्रम रोकिएको छ । चौपाया चराउने चौपाया धनीहरु भने आफ्ना चौपायाको आफैले हेरविचचार गर्ने गरेको बताउँछन्

छाडा चौपाया राजमार्गमा प्रबेश नियन्त्रकालागि स्थानिय निकाय सँगको सहकार्यमा विभिन्न कार्यक्रमहरु गर्दै आएको र चौपाया धनीले क्षति बेहोर्ने नियाम लागू गरे पछि दुर्घटना हुँदा चौपाया धनी सम्पर्कमा नआउने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले बताए ।

झापाको यस क्षेत्रमा हुने अधिकांश दुर्घटना पशुचौपायाको कारण हुने गरेको पाइएको छ । किसानहरूले बिहान ९ बजेदेखि ११ बजेको बीचमा आफ्ना पशुचौपायाहरुलाई जंगलमा छोड्ने कारण त्यसबीचमा दुर्घटना बढी हुने हुने गरेको पाइएको छ । दिउसो ३ बजे देखि साँझ ६ बजेसम्म राजमार्गमा पशुचौपायाको भीड लाग्ने हुँदा दुर्घटनाको जोखिम बढेको हो ।

स्थानीयले सडक आसपासमा पशुचौपाया छाड्ने र पशुचौपाया हेरचाहकालागि गोठालो पनि नबस्दा दुर्घटनाको जोखिम बढ्ने गरेको हो । पशुचौपाया धनीले हेलचेक्राइ गर्ने गरेको सवारी चालकहरु बताउँछन् भने स्थानीय सरकार र जनप्रतिनिधिहरुले चासो नदिएको स्थानियहरुको गुनासो रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);