कोशी,वाग्मती र गण्डकीमा अझै केहीदिन मौसममा सुधार नहुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कोशी,वाग्मती र गण्डकीमा अझै केहीदिन मौसममा सुधार नहुने

काठमाडौं,१५ चैत्र । कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली भई सामान्य वर्षा हुने सम्भावना छ ।

महाशाखाका मौसमविदले विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भनेका छन् । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेकोले पनि कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली भएको छ , यसअघि देशको पूर्वी क्षेत्रमा वर्षा भए पनि मौसममा प्रभाव नपरेको पश्चिमी क्षेत्रका पहाडी भागमा पानी पर्ने सक्ने बताइएको छ ।

काठमाण्डौ उपत्यकासहित बाग्मती र गण्डकी प्रदेशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, काभ्रे, मकवानपुर, तनहुँ, चितवन, गोरखा लगायतका जिल्लाहरुमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै चितवनको कालिखोलामा ५१ मिलिमिटर र तनहुँको बन्दीपुरमा ५० मिलिमिटर पानी परेको छ । अझै केहीदिन देशभर बदली र धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अघिल्लो हप्ताको बुधवारदेखि नै वर्षा र बदली भैरहेको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);