यी ३ प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

यी ३ प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने

काठमाडौं,१४ चैत्र । कोशी, वाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आजदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली भई सामान्य वर्षा हुने सम्भावना छ । महाशाखाका मौसमविदले विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भनेका छन् ।

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेकोले पनि कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली भएको छ , यसअघि देशको पूर्वी क्षेत्रमा वर्षा भए पनि मौसममा प्रभाव नपरेको पश्चिमी क्षेत्रका पहाडी भागमा आजदेसख पानी पर्ने सक्ने बताइएको छ ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा मधेस प्रदेश र बाँकी पहाडी भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना छ ।अघिल्लो हप्ता बुधवारदेखि नै देशका धेरै ठाउँमा बदली र वर्षा भैरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);