सुन तस्करी गर्ने काठमाडौंबाट २ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सुन तस्करी गर्ने काठमाडौंबाट २ जना पक्राउ

काठमाडौं,१४ चैत्र । प्रहरीले रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरेर काठमाडौं ल्याएको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–११ का २६ वर्षीय सुदीप विक र गोरखाको चुमनुब्री गाउँपालिका–६ घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामा पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई सोमबार साँझ काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरेको जनाएको छ ।

अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता नकुल पोखरेलका अनुसार भन्सार छलेर रसुवाको केरुङ नाका हुँदै ल्याएको १२८.७ ग्राम सुन उनीहरुबाट बरामद भएको हो ।

प्रहरीले पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);