संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रदर्शनी गरिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रदर्शनी गरिने

nepal_tourism_board

न्यूयोर्क,१४ चैत्र । अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ । संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि एवं राजदुत लोक बहादुर थापा र न्यूयोर्कका पर्यटन प्रबर्द्धन गोकुल श्रेष्ठबीच यस्तो समझ्दारी भएको हो ।

नेपाली स्थायी नियोगको कार्यालय न्यूयोर्कमा भएको दुई पक्षीय भेटमा नेपाललाई विश्वसामु चिनाउन राष्ट्रसंघको मुख्यालयमा गरिने प्रदर्शनी अर्थपूर्ण र परिणाममुखी हुने निष्कर्ष निकालिएको थियो । प्रदर्शनीका लागि राजदुत थापाले आवश्यक पहल थाल्ने बताउनु भयो । उहाँले नेपालको पर्यटन प्रबर्द्धनका लागि पर्यटक प्रबर्द्धन श्रेष्ठसँग सहकार्य गरेर अघि बढ्ने आश्वासन पनि दिनुभयो ।

प्रदर्शनीमा नेपालको कलाकृति, पर्यटकीय गन्तव्य र नेपालको पहिचान झल्कीने तस्वीर तथा बस्तुहरु राखिने पनि समझ्दारी बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);