नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नाथम र नेपाल पर्वतीय प्रशिक्षक प्रष्तिठानलाई चाँडै समायोजन गर्ने, पर्यटन  मन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नाथम र नेपाल पर्वतीय प्रशिक्षक प्रष्तिठानलाई चाँडै समायोजन गर्ने, पर्यटन  मन्त्री

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नाथम
र नेपाल पर्वतीय प्रशिक्षक प्रष्तिठानलाई चाँडै समायोजन गर्ने बताउनुभएको छ ।

मंगलवार नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नाथमको कार्यक्रममा मन्त्री तामाङले नाथम र नेपाल पर्वतीय
प्रशिक्षक प्रष्तिठानलाई चाँडै समायोजन गर्ने बताउनुभएको हो ।

एउटै प्रकारका काम गर्ने २ वटा संस्था हुनु भन्दा दुवैलाइ समायोजन गरी थप व्यवस्थित बनाउन सजिलो हुने मन्त्री तामाङको तर्क छ । उहाँले समायोजनको मोडालिटी बनाउने कार्यदलको प्रतिवेदन केही दिनमै तयार हुने जानकारी दिनु भयो ।

यस सम्बन्धित ऐनलाई संसदबाट अनुमोदन गर्ने तयारीमा रहेको भन्दै उहाँले दुई संस्थाबीचको समायोजनबाट पर्यटन प्रवद्र्धनमा थप विकास गर्ने, दिगो उत्पादन गर्ने,रोजगार सिर्जना गर्ने र मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण प्रभावकारी योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पर्यटन बोर्डको प्रमुख कार्यकारी छनोट अन्तिम चरणमा रहेकाले केही दिनमा नै पर्यटन बोर्डले नेतृत्व पाउने उल्लेख गर्नुभयो । ०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);