चालू आन्दोलनबारे शिक्षक महासंघ र राजनीतिक दलका नेतृत्वबीच अन्तरक्रिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

चालू आन्दोलनबारे शिक्षक महासंघ र राजनीतिक दलका नेतृत्वबीच अन्तरक्रिया

बाँके । नेपाल शिक्षक महासंघ बाँकेले चौथो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत चालू आन्दोलनबारे स्थानीय तहका राजनैतिक दलका नेतृत्वसँग अन्तरक्रिया गरेको छ ।

शनिबार नेपालगञ्ज उपमहानगरपालिका परिषर भित्रको भवनमा महासंघले राखेका शिक्षा र विद्यालय शिक्षक, कर्मचारीहरुका समस्याका माग, मुद्दा र चालू आन्दोलनबारे छलफल कार्यक्रम गरेको हो ।

कार्यक्रममा उपस्थित धेरैले शिक्षक र शिक्षा पेशाका विषयमा रहेका समस्या र समाधानका बारेमा बोलेका थिए । उनीहरुले सरकारले शिक्षा क्षेत्रको विकासका लागि कूल बजेटको २० प्रतिशत बजेट छुट्याउनु पर्ने उपस्थित राजनैतिक दलका नेतृत्वलाई अनुरोध गरेका थिए ।

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवलशम्सेर राणाले महासंघको आन्दोलनप्रति आफू सकारात्मक रहेको बताए ।

महासंघका केन्द्रीय सदस्य दोर्ण वलीले महासंघ देशभरका पाँच लाख शिक्षकहरुको संगठन भएकाले संघले आफ्नो पेशामात्र नभएर शैक्षिक गुणस्तरका बारेमा पनि काम गरिरहेको बताए ।

उनले महासंघले सुरुवाती समयदेखि नै शिक्षक र शिक्षा पेशालाई मर्यादित राख्न पहल गर्दै आएको बताए । वलीले शिक्षकलाई लागि कोभिड खोप माग गर्न पनि आन्दोलन गर्नु परेको बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);