स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाही गर्ने काठमाडौं प्रशासनको चेतावनी

काठमाडौं, १२ चैत । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा हिँड्डुल गर्दा स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई कारबाहीको चेतावनी दिएको छ ।

प्रशासनले बुधबार विज्ञप्ति निकाल्दै कोरोना महामारीको संक्रमण जोखिम उच्च रहेको र संक्रमणको दर बढ्दै गएकाले सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क अनिवार्य प्रयोग गर्न र स्वास्थ्यका मापदण्ड पालना गर्न भनेको हो ।

प्रशासनले भारतसँगको सीमानाकाबाट आउने मानिसहरु दैनिक रुपमा काठमाडौं उपत्यकामा आवतजावत गर्ने क्रम बढेको जनाएको छ । भारतमा कोरोना महामारीको संक्रमण दर बढ्दै गएकाले त्यसको प्रभाव उपत्यकामा समेत बढ्दै गएको प्रशासनले जनाएको छ ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली पर्वलाई आफ्नो घरभित्र नै सीमित गरेर मनाउन आग्रह गरेको छ । कोरोना संक्रमण बढ्दो भएकाले सर्वजनिक स्थलमा भिडभाड नगर्ने, फागू पर्वको अवसरमा सार्वजनिक स्थलमा भिडभाड नगर्न समेत आग्रह गरेको छ ।

यस्तै सामजिक, सांस्कृतिक मर्यादा अनुसार खेल्न र सर्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न अनुरोध गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);