व्यवसायिक भवनहरुमा पार्किङ शुल्क मागे महानगरमा तत्काल फोन लगाउनुहोस | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८३, शुक्रबार

व्यवसायिक भवनहरुमा पार्किङ शुल्क मागे महानगरमा तत्काल फोन लगाउनुहोस

काठमाडौँ । व्यवसायिक भवनहरुले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिए तत्काल गुनासो गर्न काठमाडौँ महानगरपालिकाले सम्पर्क अधिकारीका रुपमा नगर प्रहरी निरीक्षक धर्म भण्डारीलाई तोकेको छ ।

आर्थिक ऐन २०८० ले सेवाग्राहीबाट पार्किङ्ग शुल्क लिन नपाउने भनेर तोकिएका स्थानबाट शुल्क लिएको गुनासो आएपछि त्यस्ता गुनासालाई तत्काल सुनुवाई गर्न सम्पर्क अधिकारी तोकिएको महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँले सेवा लिएका ठाउँबाट पार्किङ्ग शुल्क लिए तत्काल ९८५१०५१६१० मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन २०८० ले निजी मार्ट, रेष्टुरेन्ट, सपिङ् कम्प्लेक्स, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीबाट सवारी पार्किङ् गरेवापत शुल्क लिन नपाउने व्यवस्था गरेको छ ।

ऐनका व्यवस्था कार्यान्वयन गर्न गराउन अनुरोध गर्दै महानगरले सार्वजनिक सूचना प्रकाशित गरिसकेको छ । व्यवस्था कार्यान्वयन गराउन नगर प्रहरीको टोली त्यस्ता ठाउँमा पुगेर जानकारी गराउने गरेका छन् । यति हुँदा पनि कतिपय सेवाग्राहीले शुल्क तिर्नु परेको गुनासो आइरहेपछि महानगरले सम्पर्क अधिकारीमार्फत गुनासो सुन्ने प्रबन्ध मिलाएको हो ।

Leave a Reply

ताजा समाचार