म्याग्दी कोरोला यातायातको निर्णय : बिरामी बोक्न निःशुल्क बस दिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

म्याग्दी कोरोला यातायातको निर्णय : बिरामी बोक्न निःशुल्क बस दिने

काठमाडौं । कोभिड महामारीसँग जुध्न निजी क्षेत्रले पनि सहयोगी भूमिका निर्वाह गर्न सुरु गरेका छन् ।

म्याग्दी र पोखराबाट काठमाडौं चल्ने म्याग्दी कोरोला यातायातले आफ्ना बसहरु बिरामी बोक्ने प्रयोजनका लागि निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ ।

कम्पनीका अध्यक्ष सुरत केसीले ठूलो समूहमा कोभिडका बिरामीलाई एकठाउँबाट अर्को ठाउँमा सार्नु प-यो वा अस्पतालबाट एकै पटक ठूलो संख्यामा मानिसहरु डिस्चार्ज हुँदा घर पु-याउनु प-यो भने निःशुल्क रुपमा गाडी प्रयोग गर्न सक्ने जानकारी स्थानीय प्रशासनलाई गराएको बताए । ड्राइभरले पीपीई लगाई दुरी कायम गरेर बिरामी बोक्न पर्ने अवस्था आयो भने पनि चालक र गाडी निःशुल्क रुपमा उपलब्ध गराउने उनको भनाई छ ।

म्याग्दी लगायतका पहाडी जिल्लाका धेरै कोभिड संक्रमित उपचारको क्रममा पोखरा रहेकाले उनीहरु डिस्चार्ज हुँदा घरसम्म ल्याउन र बिरामी लैजान पनि गाडी प्रयोग गर्न सकिने उनको भनई छ । ‘हामीसँग ११ वटा बस छन्, ती मध्ये पोखरामा तीनवटा छन्, बाँकी बेनीमा छन्, दुवै ठाउँबाट बिरामी ओसारपसार गर्नु प-यो भने हाम्रा बस प्रयोग गर्न सकिन्छ भनेर प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएका छौँ’, केसीले भने ।

कम्पनीका सञ्चालक सदस्य भिमशेन केसीले ठूला बस मात्र भएकोले बस जान सक्ने ठाउँमा बिरामी ल्याउन र लैजान बस पठाउने निर्णय भएको बताए । ‘अहिले एम्बुलेन्सको समस्या भएकोले गाडी प्रयोग गर्न दिने निर्णय हामीले गरेका छौँ, मूलतः जिल्ला भित्रलाई प्राथमिकतामा राखेका छौँ, तर अप्ठेरो परेको अवस्थमा पोखरा र काठमाडौंसम्म गाडी पठाउन सक्छौँ’, उनले भने ।

यातायात बन्द भएको अवस्थामा बसहरु त्यतिकै बसिरहेकाले मानवीय सेवामा प्रयोग गर्ने निर्णय भएको कोरोला यातायातले जनाएको छ ।

आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);