दाङमा १४ पत्रकार संक्रमित, एकको मृत्यु, एकको अवस्था गम्भीर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दाङमा १४ पत्रकार संक्रमित, एकको मृत्यु, एकको अवस्था गम्भीर

दाङ। दाङमा दोस्रो चरणको कोरोना महामारीबाट १४ पत्रकारहरुमा कोरोना संक्रमण पुष्टि भईसकेको छ ।

ती मध्ये एकको मृत्यु भइसकेको छ भने एकको अवस्था गम्भीर रहेको छ । उनको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको शाखाका अध्यक्ष दुर्गालाल केसीले जानकारी दिए ।

त्यस्तै अन्य १२ पत्रकारहरु हाल होम आइसोलेशनमा रहेको उनको भनाइ छ । उनीहरुको अवस्था सुधारोन्मुख रहेको समेत उनले बताए ।

त्यस्तै कतिपय पत्रकारका परिवारहरु समेत संक्रमित भएका छन् । उनीहरुको अवस्था पनि सुधार भईरहेको अध्यक्ष केसीले जानकारी दिए । उनले भने,‘केही साथीहरुलाई घरमा बस्दा परिवारलाई पनि संक्रमण फैलने समस्या भईरहेको छ ।

त्यसैलाई मध्यनजर गरी हामीले महासंघमा ६ बेडको आइसोलेशन तयार पारेका छौं । अरु सबै तयारी पुरा भएको छ, तर अक्सिजनको अभाव भएको छ ।’ आइसोलेशनमा अहिलेसम्म घोराही १५ निवासी शितल रावतले दुई वटा सिलिण्डर उपलब्ध गराएको उनले बताए ।

त्यस्तै अझै कम्तीमा पनि १० वटा अक्सिजन सिलिण्डर आवश्यक परेको उनले बताए ।

यो पनि पढ्नुहोस

Dead body
दाङका २ जना कोरोना संक्रमितको मृत्यु

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);