पहिरोको कारण नयाँ पुल-घान्द्रुक सडक खण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पहिरोको कारण नयाँ पुल-घान्द्रुक सडक खण्ड अवरुद्ध

मदन गिरी
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका १० मा पहिरो खसेपछी सडक अवरुद्ध भएको छ । नयाँ पुल घान्द्रुक सडक खण्ड अन्तर्गतको उक्त स्थानमा सोमबार माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउसो १स्१५ बजेको समयमा किलु भन्ने स्थान मा पहिरो खसेपछि घान्द्रुक प्रहरी सहायक निरीक्षक सक्षम लामिछाने प्रहरी टोली उक्त ठाउँमा पुगेको र अहिले सडक खुलाउने प्रयास भइरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

पहिरोका कारण अन्य क्षति नभएको प्रहरीले जनाएको छ । कास्कीका विभिन्न स्थानमा पहिरेले सडक अवरुद्ध बनाउदा अवत जावतमा समस्या भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);